झापा । हल्दीबारी गाउँपालिका वडा नम्बर २ का अग्निपीडित विष्णु कट्टेलको परिवारलाई सामाजिक अभियन्ताहरूको पहलमा निर्माण गरिएको नवनिर्मित भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन महेन्द्रको प्रमुख आतिथ्यतामा तथा वडा सदस्य एवं सामाजिक अभियन्ता विष्णु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कट्टेल परिवारलाई उक्त भवन हस्तान्तरण गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि महेन्द्र, वडा नम्बर २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरू, कार्यक्रम अध्यक्ष विष्णु राई लगायतले मन्तव्य राखेका थिए।
२०८१ चैत ११ गते राति भएको आगलागीले विष्णु कट्टेलको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीपछि नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाले रु १०,००० बराबरको राहत उपलब्ध गराएको थियो।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले कट्टेल परिवार बसोबास तथा खाद्यान्न संकटमा परेका थिए। त्यसपछि वडा सदस्य राई, युवा व्यवसायी तथा हल्दीबारी उद्योग वाणिज्य संघका सदस्य कुमार कार्की, समाजसेवी भेषराज भण्डारी लगायतको सक्रियतामा भवन निर्माण कार्य अगाडि बढाइएको थियो।
विभिन्न दाताबाट प्राप्त जिन्सी तथा नगद सहयोगमार्फत करिब रु ६ लाख ५० हजारको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो। निर्माण अभियन्ता कुमार कार्कीका अनुसार देउनिया खोलाको किनारमा अवस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका कट्टेल परिवारका लागि सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिएको हो।
भवन हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का सदस्यहरू, नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाका सचिव कृष्ण प्रसाई, सहयोगी दाताहरू, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम अध्यक्ष विष्णु राईले भवन हस्तान्तरणसँगै सहयोग संकलन प्रक्रिया औपचारिक रूपमा बन्द गरिएको जानकारी दिए।
नवनिर्मित सुरक्षित आवास प्राप्त भएपछि कटेल परिवारमा खुसी छाएको छ।
दाताहरूको नामावली
१) हल्दिबारी गाउँपालिकाबाट ५० हजार रुपैयाँ
२) व्यवसायी योगेन्द्र पराजुलीको नायक इट्टा भट्टाबाट १५०० इट्टा
३) जनार्दन न्यौपानेको हल्दिबारी इट्टा भट्टाबाट १००० इट्टा
४) भेलागढी सामुदायिक वन र पाथीभरा कालिका सामुदायिक वनबाट आवश्यक काठ सहयोग
५) युवा उधमी, चिया उत्पादक संघका सचिव आदरणीय व्यक्तित्व शुक्र दाहालबाट २५ बोरा सिमेन्ट सहयोग
६) युवा उधमीहरु प्रकाश उप्रेती – भद्रपुर १० र यादव तिम्सिना–हल्दिबारी २ बाट सयुक्त ३ बण्डल जस्ता पाता सहयोग ।
७) हल्दिबारी वडा नं-३ निवासी युवा समाजसेवी तथा व्यवसायी आदरणीय दाई असिम मैनालीले बातीको रुपमा प्रयोग हुने १३ कि.भि काठ सहयोग ।
८) भद्रपुर ७ निवासी चिया उधमी पाण्डप तिम्सिनाबाट एक बण्डल जस्ता पाता सहयोग ।
९) हल्दिबारी २ निवासी समाजसेवी युवा भोला प्रसाद ढुंगेलबाट एउटा खाट सहयोग ।
१०) रातेमाटे सामुदायिक बन उपभोक्ता समुह हल्दिबारी-३, जलथलबाट १० किवि लटहरको काठ सहयोग।
११) हल्दिबारी-२, गाइनाबारी घर भइ हाल काठमाण्डौमा बस्दै आउनु हुने मनकारी मेडिकल तथा सर्जिकल सप्लायर्स व्यवसायी कुमार तिम्सिनाबाट एक बण्डल जस्ता पाता सहयोग ।
१२) भद्रपुर–७, देउनिया निवासी सहयोगी श्याम गुरुङ्ग बाट एक ट्याक्टर बालुवा सहयोग ।
१३) हल्दिबारी-२, भजनचोक निवासी- युवा व्यवसायी, समासेवी राजन श्रेष्ठ बाट पानी तान्ने कल सेट सहयोग ।
१४) भद्रपुर – ७ निवासी शिक्षा प्रेमी, समाजसेवी सुदिप सुवेदीबाट रु.५००० हाजर रुपैया सहयोग ।
१५) हल्दिबारी – २ निवासी युवा उद्यमी, समाजसेवी कृष्ण प्रसाद प्रसाईंबाट ७ बाेरा सिमेन्ट सहयोग ।
१६) भद्रपुर निवासी पाेल्ट्री फर्म ब्यवसायी प्रदिप गुरुङ्गबाट २ हाजिरा मिस्त्री ज्याला सहयोग ।
१७) भद्रपुर – ७ निवासी युवा उद्यमी, समाजसेवी सन्तोष दाहाल बाट ३ थान ढाेका सेट सहयोग ।
१८) हल्दिबारी–२ निवासी समाजसेवी निर्मला कार्की (थापा) बाट घरको झ्यालमा लाग्ने सिसा सहयोग ।
१९) हल्दिबारी ३ निवासी मनका धनी कृष्ण बहादुर राईबाट निशुल्क काठ चिरान सहयोग ।
२०) हल्दिबारी २, पाराखोपी निवासी मिलनसार भाइ रबिन ठाकुरबाट आवश्यक सामान ल्याउन लान ढुवानीमा सहयोग ।
२१) हल्दिबारी २, निवासी मिलनसार भाइ जिवन बाट रु.५००० सहयोग ।
२२) चन्दा राईको सहयोगमा बेल्जियमबाट सहयोगी दाताहरूबाट संकलन नेपाली ७५ हजार सहयोग ।
२३) किरात राई आयोक्खा हल्दिबारीबाट नानिहरूलाई ५ हजार बराबरको विद्यालय पोसाख सहयोग ।
२४) भद्रपुर – ७, निवासी निर्माण ब्यावसायी, समाजसेवी राम कुमार गिरीबाट एक ट्याक्टर बालुवा र एक गाडी ईटा ढुवानिमा सहयोग ।
२५) हल्दिबारी २ निवासी कमल योन्जन तामाङबबाट एकदिन रङ्ग रोकनमा पारिश्रमिक सहयोग ।
२६) सहयोगको लागि सुचना संप्रेक्षण जनक राजवंशी र अभिषेक खतिवडा (हल्दिबारी डटकम )
साथै यो कार्यमा निर्माण कार्यको अगुवाइ तथा श्रमदान गरिराख्नु हुने हल्दिबारी २ का वडा सदस्य बिष्णु राई , सम्पुर्ण कार्यमा सहयोग पुर्याउन महत्त्वपूर्ण भुमिका खेलिराख्नु भएका युवा ब्यवसायी कुमार कार्की, भेषराज भण्डरी, श्रमदानमा जुट्नु हुने सम्पुर्ण स्थानीय , लगायत विभिन्न आयामबाट सहयोग गर्नु हुने सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।