झापा, जेठ ४ — झापाको गौरीगंज गाउँपालिका–२, आपगाछी बजारस्थित भित्री सडकखण्डमा लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतबाट तुलाचन चौकतर्फ आइरहेको प्रदेश १–०२–०४३ प ८२०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारी र बीओपी लालमाटीबाट खटिएको संयुक्त गस्ती टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।

दमक नगरपालिका–३ निवासी १९ वर्षीय मिङसो लिम्बुको साथबाट प्लास्टिकमा प्याक गरिएको ९.८५० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारिएको छ। मोटरसाइकल चालक कमल गाउँपालिका–५ का २२ वर्षीय सुजन तोलाङ्गीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुवैलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखी अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गराएर थप कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार