झापा, ५ गते । सम्मानित तत्कालीन पुनरावेदन अदालत इलामले मिति २०७२ साल असार १६ गते जवरजस्ती करणी र जवरजस्ती चोरी मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने फैसला सुनाएको थियो। सोही मुद्दामा फरार रहँदै आएका झापा मेचीनगर नगरपालिका–१ निवासी ३२ वर्षीय प्रदीप राईलाई प्रहरी टोलीले पक्राउ गरेको छ।
झापा जिल्ला प्रहरी कार्यालयबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले राईलाई पाचथरको फिदिमबाट मिति २०८२ साल जेठ २ गते पक्राउ गरेको हो। उनलाई मिति जेठ ४ गते झापा जिल्ला अदालत, चन्द्रगढीमा पेश गरिएको थियो।
अदालतको आदेशअनुसार कैद सजाय भुक्तानका लागि राईलाई झापा जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार फरार अभियुक्तलाई खोजी गरी कानुनी दायरामा ल्याउने कार्यलाई तीव्रता दिइएको छ।