नेत्रविक्रम बिमली / झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका विगत तीन दशकभन्दा बढी समयदेखि सामाजिक, जनसंख्या र नागरिक तथ्यांक संकलनमा निरन्तर क्रियाशील रहँदै आएको छ। गाउँपालिकाको सूचना शाखाबाट प्राप्त विवरण अनुसार, वि.सं. २०५० सालको वैशाख १ गतेदेखि २०८२ साल जेठ ३ गतेसम्मको ३२ वर्षे अवधिमा विवाह, जन्म, मृत्यु र बसाईसराई सम्बन्धी उल्लेखनीय तथ्यांकहरू संकलन गरिएको छ।
उक्त अवधिमा बुद्धशान्तिमा ४५०१ जोडीले विवाह दर्ता गराएका छन्। वडागत रूपमा हेर्दा सबैभन्दा बढी वडा नं ३ मा १५९६ जोडीले विवाह गरेका छन्।
त्यसपछिका विवरण यस प्रकार छन्:
वडा नं १: ७६१ जोडी
वडा नं २: ६६७ जोडी
वडा नं ४: ८०० जोडी
वडा नं ५: २९९ जोडी
वडा नं ६: २२५ जोडी
वडा नं ७: १५३ जोडी
विवाहसँगै सम्बन्धविच्छेदको संख्या पनि महत्वपूर्ण छ। सोही अवधिमा ३४२ जोडीले डिभोर्स दर्ता गराएका छन्।
वडागत विवरण:
वडा नं १: ३८
वडा नं २: ४२
वडा नं ३: ९५
वडा नं ४: ११५
वडा नं ५: १४
वडा नं ६: २२
वडा नं ७: १६
बुद्धशान्तिमा जन्मदर्ता गरिएको संख्या अझ उल्लेखनीय छ – १०,३१५ जना। सबैभन्दा धेरै वडा नं ३ मा ३६७८ जना नवजात शिशुको जन्मदर्ता गरिएको छ।
बाँकी वडागत विवरण:
वडा नं १: १७४२
वडा नं २: १४८५
वडा नं ४: २०५१
वडा नं ५: ५७३
वडा नं ६: ४४४
वडा नं ७: ३४२
सोही ३२ वर्षको अवधिमा २८५५ जना नागरिकको मृत्यु दर्ता गरिएको छ।
वडागत विवरण निम्नानुसार छ:
वडा नं १: ५०६
वडा नं २: ४०२
वडा नं ३: ८५१
वडा नं ४: ६४७
वडा नं ५: १९९
वडा नं ६: १५२
वडा नं ७: ९८
बसाईसराइ: आगमन र प्रस्थान दुबै तर्फ उल्लेखनीय
वि.सं. २०५० देखि २०८२ जेठ ३ गतेसम्म, ३२०४ परिवारका १०५८ जना बुद्धशान्तिमा बसाइँसराई गरेर आएका छन् भने १२९३ परिवारका ३९६७ जना अन्यत्र गएका छन्।
बुद्धशान्तिमा बसाईँसराई गरेर आएका विवरण:
वडा नं १: ५५१ परिवार (१७७१ जना)
वडा नं २: ७१६ परिवार (२३७४ जना)
वडा नं ३: १०६४ परिवार (३३९० जना)
वडा नं ४: ५५६ परिवार (१५१९ जना)
वडा नं ५: ११७ परिवार (३८२ जना)
वडा नं ६: १०६ परिवार (३३९ जना)
वडा नं ७: १४ परिवार (२२३ जना)
बुद्धशान्तिबाट अन्यत्र गएका विवरण:
वडा नं १: २३३ परिवार (६८६ जना)
वडा नं २: २२२ परिवार (६९७ जना)
वडा नं ३: ४१९ परिवार (१३६२ जना)
वडा नं ४: २८५ परिवार (७५३ जना)
वडा नं ५: ८५ परिवार (२५६ जना)
वडा नं ६: ५० परिवार (१५३ जना)
वडा नं ७: २६ परिवार (९० जना)
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईका अनुसार, यो गाउँपालिका पहाडको फेदीमा अवस्थित, शान्त, हरियाली र उब्जनी भूमिको रूपमा चिनिन्छ। यही कारण, बसाईँसराई गरेर आउनेको संख्या हरेक वर्ष वृद्धि भइरहेको छ। उनका अनुसार, यो गाउँ मानव विकास, सामाजिक स्थायित्व र जनसंख्या व्यवस्थापनका दृष्टिले उदाहरणीय बन्दै गएको छ।