नेत्र विक्रम बिमली/झापा । झापाको कचनकवल गाउँपालिकामा आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि २०८२ जेठ ५ गतेसम्मको अवधिमा ६२४ जनाको जन्मदर्ता भएको छ। गाउँपालिकाका अनुसार जन्मदर्ता गरिएका मध्ये ३१४ पुरुष र ३१४ महिला छन्।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार सोही अवधिमा २५१ जनाको मृत्युदर्ता समेत गरिएको छ, जसमा १३९ पुरुष र ११२ महिला रहेका छन्।

विवरण अनुसार वडागत रुपमा सबैभन्दा धेरै जन्म वडा नम्बर ६ मा (११२ जना) र सबैभन्दा कम वडा नम्बर ७ मा (४५ जना) दर्ता भएको छ। त्यस्तै, मृत्युका घटनामा पनि वडा नम्बर ७ मा सबैभन्दा बढी ४७ जना मृत्युदर्ता भएका छन्।सो अवधिमा १३९ जना पुरुष र ११२ जना महिला, अर्थात् कुल २५१ जनाको मृत्युदर्ता प्रमाणपत्र लिएको विवरणमा उल्लेख गरिएको छ।

यस अवधिमा ३४३ जनाले विवाहदर्ता गराएका छन् भने ३९ जोडीले सम्बन्धविच्छेद गरेका छन्। सम्बन्धविच्छेद सबैभन्दा धेरै वडा नम्बर ६ मा १३ जनाले गरेका हुन्।

बसाइँसराइको विवरण अनुसार ६० परिवारका १४८ जना पालिकाभित्र भित्रिएका छन् भने ८० परिवारका २४४ जना गाउँपालिकाबाट अन्यत्र बसाइँ सरेका छन्।

सूचना अधिकारीले दिएको जानकारी अनुसार, पालिकामा नागरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण दर्ता प्रक्रिया सन्तुलित रूपमा भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार