झापा, जेठ ६ । झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नम्बर ९, थोप्ले स्थित मणिराज अधिकारीको दुईतले घरमा विद्युत सर्ट भई भीषण आगलागी हुँदा घर पूर्णरूपमा नष्ट भएको छ।

स्थानीय समय अनुसार बिहान ८:२० बजे सुरु भएको आगोले अधिकारीको पहिलो तल्ला ईटाको र दोस्रो तल्ला काठ तथा टिनको छानो भएको घरलाई पूर्ण रूपमा क्षति पुर्याएको हो। नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरुको सक्रियतामा आगो ९:२५ बजे नियन्त्रणमा ल्याइएको जनाइएको छ।

आगलागीबाट लत्ता-कपडा, भाँडा–वर्तन, नगद, अन्नपात र फर्निचर गरी झण्डै रु ३,८०,००० बराबरको सामग्री क्षति भएको छ। साथै घरको  अन्दाजी मूल्य रु ७,००,००० गरी कुल क्षति रकम रु १०,८०,००० पुगेको प्रहरी स्रोतले जनाएको छ। सौभाग्यवश घटनामा कुनै मानविय वा चौपाया क्षति भने नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार