झापा, जेठ ६ । झापा जिल्लाको भद्रपुर नगरपालिका–१० बस्ने निगे राई डाँगीबारी भित्री सडक खण्डमा रहेको कल्भर्टबाट लडेर मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयबासीका अनुसार राई विहान करीब ८:०० बजे घरबाट निस्केका थिए। डाँगीबारीस्थित कल्भर्टबाट करिब ८–१० फिट तल लडेर घोप्टो अवस्थामा शव फेला परेको जानकारी प्राप्त भएको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थलमा खटिएको थियो। कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

स्थानीय स्रोतले मृतक राई पहिले देखिनै मादक पदार्थ सेवन गरी हिँड्ने गरेको बताएका छन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार