झापाको हल्दीबारी गाउँपालिका एक र पाँच जोड्ने भुतुनी खोलाको पुल एक कार्यक्रमको बीच पूर्व उपप्रधानमन्त्री एवं झापा क्षेत्र नम्बर ३ का संघीय सांसद माननीय राजेन्द्र लिङ्देनले एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको छ ।
फूलको उद्घाटनपछि सम्बोधन गर्दै माननीय लिङ्देनले विकास निर्माणको काम गर्न सबै मिल्नुपर्ने बताउनुभएको थियो। जनप्रतिनिधि मा इमान्दारता भए जुनसुकै काम राम्रोसँग हुने र त्यसको ज्वलन्त उदाहरण हल्दीबारी गाउँपालिका रहेको उहाँको जिकि रहेको थियो।
संघीय सांसदमा निर्वाचित भएलगत्तै लिङदिङ ले हल्दीबारीका तीनवटा काठे पुल विस्थापित गर्ने हेतुले एकैपल्ट तीनवटा पुलको शिलान्यास गर्नुभएको थियो।
गाउँपालिकाको आफ्नै स्रोतमा करिब ५ करोडको लागतमा सम्पन्न भएको तीनवटा पुलमध्ये भुतेनी खोलाको पुल आज उद्घाटन गरिएको हो।
त्यसैगरी हल्दिबारी २ र ३ नम्बर वडाको सिमानामा रहेको लक्ष्मी मावि पूर्व रहेको भूसरी खोलाको पुल र झापारोड दक्षिणमा समेत भूसुरी खोलाको पुल एकै साथ निर्माण सम्पन्न भएका हुन्।
हल्दीबारी गाउँपालिकाले काठे पुल विस्थापित गर्ने योजना अन्तर्गत १५० वटा काठे पुलहरू विस्थापित गरी पक्की कलवट एवं पक्की पुल निर्माण सम्पन्न गरिसकेको छ।
पुल उद्घाटन कार्यक्रम लाई कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका माननीय पूर्व उपप्रधानमन्त्री एवं झापा क्षेत्र नम्बर ३ का संघीय सांसद राजेन्द्र लिङदेन, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिंगदेन , प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र र राजनीतिक दलहरूको प्रतिनिधित्व गर्दै नेकपा एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले मन्तव्य राख्नुभएको थियो। उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिका योजना शाखा प्रमुख राजेन्द्र न्यौपानीले गर्नुभएको कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधिहरू, वन समिति स्थानीयवासी एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।