झापाको हल्दिबारी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा आस्थाको केन्द्र पाथीभरा मन्दिरमा आज अपराह्न ३:३० बजे एक दुखद घटना घटेको छ।

स्थानीय स्रोतका अनुसार, मन्दिरमा कोही पनि नभएको मौका छोपी अन्दाजी ३ देखि ४ जना अपरिचित युवाहरूले मन्दिरको पुजारी बस्ने भवनको सिसाको झ्याल र तीनवटा कुर्सी तोडफोड गरेका छन्।

घटनाबारे जानकारी दिँदै मन्दिरका पुजारीले प्रहरी चौकी जलथलमा उजुरी दिएका छन्। उनका अनुसार, उनी काम विशेषले बाहिर गएको बेला घटना घटेको हो। फर्किएपछि मन्दिरको अवस्था देखेर उनी स्तब्ध बनेका थिए।

प्रहरीका अनुसार तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी छ र खोजतलासको प्रक्रिया तीव्र पारिएको छ।

पवित्र स्थलमा भएको यो किसिमको तोडफोडले स्थानीयमा आक्रोश र चिन्ता बढाएको छ। श्रद्धा र आस्थाको केन्द्रमा यसरी हमला हुनु दुःखद मात्र होइन, समाजको मूल्यमान्यतालाई नै चुनौती दिने खालको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3
+1
1
+1
1
+1
0
+1
17
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार