इलाम । जंगली च्याउ खाँदा इलाममा एक किशोरीको ज्यान गएको छ भने अन्य तीन जना गम्भीर बिरामी भएका छन्।
इलाम माङसेबुङ गाउँपालिका–५ की १७ वर्षीया नुमा लावतीको जंगली च्याउ सेवन पछि स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना गरिएको थियो। विराटनगरस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै, इलाम चुलाचुली गाउँपालिका–४ की पुनम राई र उनकी छोरी नाम्ची राईले पनि आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेकी छन्। उनीहरूलाई दमकस्थित आम्दा अस्पतालमा भर्ना गरिएको छ र उपचार जारी रहेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार जंगली च्याउको पहिचान नगरी सेवन गर्दा विषालु प्रजाति परेमा ज्यानै जान सक्ने जोखिम हुन्छ। यसै कारण च्याउ खाँदा विशेष सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
2
+1
1