झापा, वनियानी । कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा एक दिवसीय कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

कचनकवल गाउँपालिका उपाध्यक्ष एवं न्याय समिति संयोजक नवराज भट्टराईको अध्यक्षता एवं पालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई झापा जिल्ला अदालत का माननीय न्यायाधीश तेजबहादुर खड्काले
सहभागीहरूलाई कानुनी जटिलताका विषयमा प्रशिक्षण

स्थानीय तहमा हुने न्याय सम्पादन सम्बन्धी उजुरी हरूलाई कसरी समाधान गरिन्छ भन्ने विषयमा माननीय न्यायाधीशले सहभागीहरुलाई विषयगत रुपमा जानकारी गराउनुभएको थियो।

स्थानीय तहबाट न्याय सम्पादन सम्बन्धी छलफल तथा निरूपण गर्न थालेपछि अदालती प्रक्रियाका मुद्दाहरू घट्दै गएको समेत उहाँले कार्यक्रममा बताउनु भएको छ ।

कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी न्याय समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रमको झापा जिल्ला न्यायाधीश माननीय न्यायाधीश तेजबहादुर खड्का ले गर्नुभएको थियो।

न्यायिक समिति सदस्य बबिता काफ्लेले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण उजुरी प्रशासक सरला लुइटेलको रहेको थियो।कार्यक्रममा न्याय समिति सदस्यहरू, वडा सचिवहरू, वडा न्यायिक सहजकर्ताहरू लगायतको उपस्थिति थियो।

कार्यक्रमले स्थानीय तहमा न्यायिक समितिको भूमिका, प्रभावकारिता र आवश्यकता कानूनप्रति आम नागरिकको पहुँच र समझदारी अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार