झापा, २०८२ जेठ १४ । झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय बिरहाङ लेछर्वो लिम्वुलाई भारतको पानीट्याङ्कीबाट नेपालतर्फ भाडाको सिटिसफारीमा सवार अवस्थाबाट हिजो साँझ १८:१० बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रहरीलाई शंका लागेपछि निजको शरिर तथा साथमा रहेको सामानको तलासी गर्दा लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने प्लाष्टिकमा प्याक गरिएको ६ ग्राम १० मिलिग्राम, तथा प्लाष्टिक बाहेकको तौल ४ ग्राम ८०० मिलिग्राम लागूऔषध फेला परेको जनाइएको छ।

पक्राउ परेका लिम्वुलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार