बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोक नजिकै मिलीजुली पथमा एक आमा र उनका दुई सन्तानको निर्मम हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र रानाका अनुसार २७ वर्षकी आमा, करिब ७ वर्षका छोरा र ४ वर्षकी छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न भएको आशंकामा सुजन कोइराला नामका ३०–३२ वर्षका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले थप अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार घटनाको सम्पूर्ण विवरण भने आउन अझै बाँकी छ। स्थानीयहरू घटनाबाट स्तब्ध भएका छन् भने सुरक्षाकर्मीहरूले घटनास्थलमा सुरक्षा कडाई गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार