जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध व्यूरो काकरभिट्टाको संयुक्त टोलीले कालिका सामुदायिक वनको भित्री भागमा लागुऔषध सेवन तथा विक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको छ। घटनास्थलमा नियमित रूपमा लागुऔषध सेवन गर्दै आएका ४३ जना पुरुषहरूलाई नियन्त्रणमा लिइएको छ।

साथै उनीहरूले प्रयोग गरेका १४ वटा मोटरसाइकल, १ वटा अटोरिक्सा, र १ वटा मारुती भ्यान समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूका घरपरिवार र आफन्तहरूलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई आवश्यक परामर्श दिइएको र उनीहरूलाई घरमै निगरानीमा राख्न परिवारलाई जिम्मा दिइएको प्रहरी स्रोतले जनाएको छ। केही दुर्व्यसनीहरूलाई पुनर्स्थापना केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइएको छ।

साथै सोही स्थानबाट फरार लागुऔषध कारोबारी दुई युवा लागूपदार्थसहित पक्राउ परेका छन् । कालिका सामुदायिक वन क्षेत्रमा लागुऔषध कारोबार गर्ने फरार व्यक्तिहरूमध्ये दुई जनालाई प्रहरीले विशेष अपरेशनमार्फत पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचिनगर–११ निवासी १८ वर्षीय शनिल मेचे र मेचिनगर–१२ निवासी २५ वर्षीय अजय मेचे रहेका छन्।

उनीहरूको साथबाट प्रतिबन्धित ब्राउन सुगर (प्लास्टिक सहित २.८१ ग्राम), ट्रामाडोल १६ ट्याबलेट, एन्टिकफ १५ ट्याबलेट, स्पास्पेन १५ ट्याबलेट, नगद रु. १८,४००/- र एक थान रेड्मी मोबाइल बरामद गरिएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार