समिर न्यौपाने। काठमाडौँ । जेठ महिना त्यसै पनि गर्मी । तर आजकल झरीको मौसम छ । गाउँघरमा मानिस कुनै एकान्तमा परिवारका सदस्यसँग न्यानो ठाउँमा कुराकानीमा मस्त हुन्छ । शहरमा युवा युवति त्यसै रेष्टुराहरुमा वा कुनै जमघट हुने ठाउँमा बस्न रुचाउँछन् । काम भएका मानिस आफ्नो कार्यालयमा व्यस्त रहन्छन् । गर्मी मौसममा मानिस छटपटाहटको मानसिकतामा रम्छ ।
मानिस वैचारिक रुपमा आफ्ना साथीहरु सँग खुल्न जरुरी छ । आफ्ना परिवारका बिचमा हुने घरायसी संवाद मात्रले मानिसलाई एकोहोरो र सुरो बनाउँछ । कुनै मित्र नहुँदा उ सञ्चार माध्यमका सन्देशमा लिप्त हुनसक्छ । सञ्चारले मानिसलाई त्यसै पनि जुझारु त्था न्यानो बनाइ राखेको हुन्छ ।
अर्को मानिसले रुचाउने विषय हो संगित । भावना अनुसारको संगित सुन्नले मानिसमा हुने विस्मृतिको रोग हराउँछ । उसमा रहेको अवसाद पनि केही हदसम्म संगितले पर धकेल्छ नै !
मानिसको साथी टिभी हुनसक्छ । टिभीमा श्रव्य दृश्य र आवाज मानिसका लागि रोचक विषय हुन् । त्यसका सूचनामूलक, ज्ञानमूलक, शिक्षा र मनोरञ्जनात्मक कार्यक्रमले मानिसको हृदय सधैं प्रफुल्लित रहन्छ ।
पुस्तक मानिसको अर्को अभिरुचिको विषय हो । पुष्तक पढ्नाले मानिसलाई ध्यानी बनाउँछ । ज्ञानि बनाँउछ ।
कुनै आश्चर्यजनक संसारमा पाइने साधन होइन यी !
भिडभाडमा काम गर्नु मानिसको बाध्यता हो । भीडभाडमा कोही मनपर्ने साथीको नजिकपना रहँदै जाने हो भने समय खेर गएको भन्ने भान हुँदैन । मानिस सधैं आफूसँग राम्ररी बोल्ने,आफ्ना हृदयको भावना बुझ्ने र भविष्यको मार्गदर्शन देखाउने साथीको खोजीमा हुन्छ ।
तरपनि यो एकान्त शहरमा यसरी सबैथोक पाइने अनि आफ्ना मनका भावहरु संवोधन हुने साथीसंगी पाइन गाह्रो छ ।
यहाँ आडम्बरी, नाफामुलक, भुलभुलैया अनि आर्थिक हैसियतका पछाडी दौडिने मानिस धेरै हदसम्म चोक चोकमा अनि कुना कुनामा भेटिन्छन् ।
अनि एउटा सफा चरित्र गरेको मानिस जो खराब कुराको अनुशरण गर्न हिचकिचाउँछ, समाजमा त्यस्ता मानिस अभिरुचीका पात्र हुँदैनन् । मानिस जीउन आफ्नो भावना, चरित्र अनि सामाजिक अन्तरवस्तुको परिक्षण पनी सामाजिक बन्धन अनुसारकै हुनुपर्छ अनि मात्र मानिस समाजमा अटाउँछ ।
एउटा कोमल बालक पनि यही समाजको ऐना हेरेर आफ्नो बानी व्यहोरा परिवर्तन गर्छ । विद्यालयका कक्षामा उसको हाउभाउ त्यही अनुसार हुन्छ । शिक्षकले पढाउँदा उसको संकेत अलि बद्लिन्छ । तर घर आइपुग्दा साथी अनि समाजका पात्रको आडम्बरले उसलाई छोएको हुन्छ ।
त्यसो भए समाज अनुसार मानिस कसरी चल्ने ? निकै गाह्रो प्रश्न यो । भनिन्छ सामाजिक मूल्य मान्यता अनुसार मानिसले बाटो पहिल्याउनुपर्छ । समाजका रीति तिथी, चालचलन, विश्वास, परम्परा अनुसार मानिस चल्दै जानुपर्छ । तर यहाँ तर्कसंगत केही कुरा भेट्टाउनै मुस्किल छ ।
मानिसमा हुने चिन्तन बदल्न उसको चेतना , बौद्विकता ,मनोविज्ञान र वरिपरिको पर्यावरणमा परिवर्तनको आवश्यकता नै हुन्छ ।
वयस्क हुँदै जाँदा मानिस कुनै पेशामा आवद्व नहुने हो भने समाजमा उ कलंक ठह्रिएको हुन्छ । त्यसो नभएमा मानिसले न कुनै स्वतन्त्रता नै पाउँछ न कुनै सामाजिक मूल्य मान्यताका आधार ।
मानिस पैसाबाट अछुतो हुने हो भने उ प्रथमत् आफ्नो परिवारमा बुद्विहीन देखिन्छ । उसका भावना अनि विचारहरु परिवारका सदस्यबाट त्यसै ओझेलमा पर्छन । उसलाई छरछिमेक दिकदार लाग्दै जान्छ । दैनिक जीवनमा हुने आर्थिक न्यूनताले मानिसलाई शून्यतामा धकेल्छ । मानिसमा आलस्यता बढ्छ । उ स्वयं भर्कोफर्को गर्ने हुन्छ ।
विद्यार्थीमा त यस किसिमको क्रियाकलाप दैनिक समस्या कै रुपमा देखापरेको हुन्छ । समस्या यो मानेमा, यस्ता जनझालले उसले अक्षर केलाउँदा त्यसको भाव चरितार्थ हुन गाह्रो हुन्छ । कतिपय मानिस समाजमा अटाउनै नसक्दा विभिन्न नसाका दुव्र्यसनी हुने गर्छन । विभिन्न लागुपदार्थ र मादक पदार्थको आदत उनीहरुलाई परिसकेको हुन्छ ।
यसको सुधारक समाज नभइ स्वयं व्यक्ति हुन जरुरी छ । मानिस आयमिक काममा कम्मर कसे भविष्यमा यस्ता सामाजिक अपहेलनाबाट बन्चित हुनसक्ला !
अर्को कुरा समाजिक हैसियत कम भएका व्यक्ति कुनै नारीको सरसंगतमा हुनुपनि अवाञ्चित क्रियाकलाप नै मानिन्छ ।
मानिस यस किसिमको परिधिबाट मुक्त हुन स्वयं कुनै रोजगारीको बाटोमा अग्रसर हुनुपर्छ ।
मानिसले साथिहरुमा भावना पोख्दा पनि यस किसिमको बाधा व्यवधान धेरै हदसम्म न्युन हुने गरेको छ । मित्रहरुले मानिसलाई सुझाव दिन्छन् । भावना साटासाट गर्छन ।
एउटाले भन्ला,“हेर्न यार ! मलाई घरमा देखिसक्दैनन् । बाच्न गाह्रो भो । पैसा नि छैन ! के गर्ने गर्ने ? ”
शहर बजारमा धेरै मानिसको आयश्रोत राम्रै हुने गर्छ । मानिसहरुलाई काम भेटाउन गाह्रो छैन । केही न केही रोजगारीको साधन उसले अपनाएकै हुन्छ ।
तर ग्रामिण भेगमा मानिसहरु विद्यालय जान घण्टौं हिँड्नुपर्छ । त्यस्ता ठाँउहरु पनि छन् जहाँ पानी भर्नै ३÷४ घण्टा पैदल हिँडनुपर्छ । त्यहाँ घरका मेलापात र खेती नै मानिसको रोजगारी हुन्छ । त्यहाँ मानिस अर्थमुखी नहुने हो भने समाजमा उ टाढीँदै जान्छ । मानिस केवल कलंक हुनेछ । त्यसपछि न त उ आयामिक बन्छ । न उसले समाजका अन्तरवस्तु केलाउँछ । उसमा आएको सचेतता पूर्णरुपमा ढिलो भइसकेको हुनेछ ।
समाज बदल्न मानिस एक्लैले कहाँ सक्छ र ! पहिला त उ आँफै बद्लिने होला !