झापा। झापा जिल्ला, हल्दिबारी गाउँपालिका वडा नं. ३ स्थित गणेश चोकमा अन्दाजी राति १:०० बजेको समयमा एक जंगली हात्तीले स्थानीय गणेश भट्टराईको घरअगाडि राखिएको किराना पसलको घुम्तीमा आक्रमण गरी ठूलो क्षति पुर्याएको छ।
प्रत्यक्षदर्शीका अनुसार जंगलबाट आएको सो जंगली हात्तीले घुम्ती फुटाई भित्र रहेका बिभिन्न किराना सामानहरु खाई र छरपस्ट पारेको थियो। प्रारम्भिक अनुमान अनुसार अन्दाजी रु. ६०,००० (साठ्ठी हजार) बराबरको सामग्री नष्ट भएको बताइएको छ।
स्थानीय बासिन्दाका अनुसार घटनापछि हात्ती पुनः जंगलतर्फ फर्किएको छ। मानवीय क्षति भने नभएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
1
+1