झापा, जेठ १८ । झापा जिल्लाको मेचिनगर नगरपालिका–१४ स्थित धाईजन चोकमा मिति २०८२ साल जेठ १३ गते बिहान करिब ९:५५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

धुलाबारीबाट चारआलीतर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशाबाट गइरहेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धुलाबारी निवासी करिब २७ वर्षीय राहुल गुप्ता सामान्य घाइते भएका छन्। उनको बायाँ हातमा चोट लागेको छ र बोल्न सक्ने अवस्थामा छन्। तर सोही मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका–५ निवासी करिब २२ वर्षीया आकृति दनुवार गम्भीर घाइते भएकी थिइन्। उनका दुबै हात, खुट्टा तथा कमरमा गम्भीर चोट लागेका कारण बोल्न नसक्ने अवस्थामा रहेकी थिइन्।

उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित B&C अस्पतालमा लगिएको थियो। तर उपचारकै क्रममा आज जेठ १८ गते साँझ ०४:१० बजे आकृति दनुवारको निधन भएको पुष्टि गरिएको छ।

ट्रक चालक बिर्तामोड नगरपालिका–३ निवासी करिब ३४ वर्षीय विजय लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
40
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार