कविता: “झोले!”
बा पनि त झोले
आमा पनि त झोले
म पनि त हुँ झोले
सारा सन्तान झोले!
तिमी पनि त रैछौ झोले
तिम्रा सन्तान नै पो झोले
झोला नबोक्ने को छ त
भन्ने त झन महा झोल!
तिम्री श्रीमती पनि झोले
झोला बोकि खान्छौ खोले
अरुलाई देख्छौ तिमी झोले
तिमी एक नम्बरका हौं झोले!
तिम्रा सात पुस्ता सब झोले
दिमाग् नै पो रहेछ तिम्रो झोले
चुपचाप बस हुन्छ अब नबोले
आफ्नो नाउँ आफैं भन्छौं झोले!
झोला नबोक्ने त झन् डोके
सुन बोक्ने तिमी नै हौ त डोके
भन आफैं तिमी झोले कि डोके
काग काग गर्दै आफ्नै नाउँ तोके!
✍ राज कुमार कार्की
मे न पा-१५, झापा ।
धन्यवाद।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1