कनकाई नगरपालिका वडा नं. ५ मा संचालित एकता वडा बाल संजालले जेष्ठ २१ गते एकदिने क्षमता विकास तालिमसहित बाल संजालको पुनर्गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

बालमैत्री पालिका घोषणा भइसकेको कनकाई नगरपालिकामा बालबालिकाको सहभागिता, संरक्षण र सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएका छन्। सोही क्रममा वडा नं. ५ को कार्यालयमा आयोजित यस कार्यक्रममा बाल अधिकार, नेतृत्व विकास, जिम्मेवारीपूर्ण सहभागिता तथा संगठनात्मक संरचनाबारे बालबालिकालाई तालिम प्रदान गरिएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य बालबालिकामा नेतृत्व विकास, बालअधिकारको चेतना अभिवृद्धि तथा बाल संजालको प्रभावकारी सञ्चालनका लागि नयाँ कार्यसमिति चयन गर्नु रहेको थियो। तालिम बालमैत्री अभियन्ता नवीन तिम्सिनाले प्रदान गर्नुभएको थियो।

कार्यक्रम बाल संजाल अध्यक्ष एलिसा पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो भने कनकाई वडा नं. ५ का वडाध्यक्ष कृष्ण बहादुर राई प्रमुख अतिथिको रूपमा, नगर बाल संजाल सचिव रिजन तिम्सिना, वडा स्तरीय जनप्रतिनिधि, संघ–संस्था प्रतिनिधि, शिक्षक, बुद्धिजीवी तथा निवर्तमान समिति पदाधिकारीहरूको आतिथ्य रहेको थियो।

पुनर्गठन कार्यक्रममार्फत निक्षा निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा अनिस भट्टराई उपाध्यक्ष, सुमिक्षा रसाईली सचिव, सौगात बस्नेत सहसचिव, रिनिस पौडेल कोषाध्यक्ष, र अनुस पौडेल, किन्जल भट्टराई, रिदिमा खतिवडा, प्रधुमम् आचार्य, सन्ध्या वागदास, सन्ध्या गुरुङ, प्रिन्स हिङमाङ र आर्यन अधिकारी सदस्यका रूपमा चयन भएका छन्।

कार्यक्रममा नगर बाल संजाल सचिव रिजन तिम्सिना, पूर्व वडा बाल संजाल उपाध्यक्ष नितेश गौतम, पूर्व सचिव सुदिप दहाल, वडा सदस्य ईन्दिरा अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निक्षा निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुबेक्षा प्रसाईले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार