झापा, दमक । झापाको दमक नगरपालिका–७, पशुहाटडाँडा स्थित पूर्व–पश्चिम लोकमार्गमा जेठ २१ गते साँझ करिब ७:२० बजे यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

दमकबाट केर्खातर्फ गइरहेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प. २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। गम्भीर अवस्थामा रहेका झापा, दमक नगरपालिका–४ निवासी ३६ वर्षीय मिलन थापालाई उपचारका लागि तत्कालै बिराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा राति ८:३८ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

दुर्घटनापछि बस र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। बस चालक गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडु रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार