हल्दीबारी। झापाको बाह्रदशी गाउँपालिकाले आफ्ना वडाभरिका १९३६ परिवारलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याएको छ। आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत अति विपन्न, अपाङ्ग, सन्थाल र मुस्लिम समुदायलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार, १९३६ परिवारका ९ हजार ६ सय ८० जना नागरिक यो कार्यक्रममार्फत आवद्ध भएका छन्। कार्यक्रम कार्यान्वयनका लागि पालिकाले करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ।

वडागत रूपमा हेर्दा वडा नं १ मा १३५ परिवार, वडा नं २ मा ४५७ परिवार, वडा नं ३ मा ३४६ परिवार, वडा नं ४ मा १७० परिवार, वडा नं ५ मा ३५० परिवार, वडा नं ६ मा २६५ परिवार र वडा नं ७ मा २१३ परिवारलाई स्वास्थ्य बीमा गराइएको छ।

स्थानीय तहबाट सञ्चालित यो कार्यक्रमले विशेषगरी आर्थिक रूपले कमजोर समुदायको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याएको छ। गाउँपालिकाको यो प्रयासले सामाजिक न्याय, समावेशिता र आधारभूत सेवाको पहुँच विस्तारमा उदाहरणीय भूमिका खेलेको भन्दै स्थानीय स्तरमा प्रशंसा समेत भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार