हल्दीबारी, झापा – समाजसेवी शुक्र दाहाल, कृष्णप्रसाद प्रसाई र सरोज तिम्सिनाले हल्दीबारी माध्यमिक विद्यालयलाई १५ वटा सिलिङ फ्यान प्रदान गरेका छन्। गर्मीको समयमा पठनपाठनमा कठिनाइ भइरहेको अवस्था समाधान गर्न उनीहरूले विद्यालयलाई उक्त सामग्री सहयोग गरेका हुन्।

समाजसेवी शुक्र दाहालले हल्दीबारी डट कमसँग कुरा गर्दै भन्नुभयो, “गर्मीका कारण विद्यार्थीहरू पढ्न गाह्रो भइरहेको जानकारी पाएपछि हामीले केही सहयोग गरौं भन्ने सोच्यौं। अध्ययनको वातावरण सहज बनाउन हामीले यो सानो प्रयास गरेका हौं।”

उनीहरू विद्यालयमै पुगेर प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनलाई १५ वटा सिलिङ फ्यान हस्तान्तरण गरेका थिए। फ्यानको मूल्य झण्डै ३३ हजार रुपैयाँ बराबर रहेको छ।

प्रधानाध्यापक पाख्रिनले विद्यालयमा पठनपाठन सहज बनाउन सहयोग पुर्‍याएको भन्दै समाजसेवीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “उक्त सहयोगले अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरूलाई आरामदायी वातावरणमा अध्ययन गर्न सहज हुनेछ।”

विद्यालयको शैक्षिक वातावरण सुधारका लागि समुदायस्तरबाट देखिएको चासो र योगदानप्रति विद्यालय परिवारले प्रशंसा व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार