झापा, २०८२ जेठ २९ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–७ टेक्रामा रहेको डम्बर कुमारी भुजेलको गाईगोठमा हिजो साँझ चट्याङ पर्दा एक गाईको घटनास्थलमै मृत्यु भएको छ भने घरभित्र बसिरहेकी भुजेललाई पनि चट्याङले छोएको छ।

साँझ करिब ०६:३० बजे पानीसँगै परेको चट्याङले गाई बाँधिएको स्थानमा सोझै प्रहार गर्दा गाई तत्कालै मरेको बताइएको छ। चट्याङको प्रभावले घरभित्र बसिरहेकी ४४ वर्षीया डम्बर कुमारी भुजेलको मुखमा सामान्य रूपमा जलन भएको र उनी सामान्य अवस्थामा बोल्न सक्ने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ।

घटनापछि उनलाई स्थानीय मेडिकलमा उपचार गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
1
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार