कचनकवल समाचारदाता । झापाको कचनकवल गाउँपालिका–७ हजाम टोलकी १५ वर्षीया देविका राजबंशीले घरनजिकैको आँपको बोटमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
देविका जानकी माविमा कक्षा ८ मा अध्ययनरत थिइन्। आज बिहान उनलाई बोटमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानसहित कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाउने तयारी भइरहेको जनाएको छ।
आत्महत्याको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार