झापा । झापाको बिर्तामोड नगरपालिका–४, पुरानो भद्रपुर रोडबाट हिजो असार २ गते विहान करिब ८:४५ बजे  प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापा दमक नगरपालिका–१ बस्ने ३२ वर्षीय विजय कर्माकार र ऐनुमानगर निवासी ३५ वर्षीय सन्तोष मिस्त्रीलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट खैरो लिसाइलो पदार्थ (ब्राउन सुगर जस्तो देखिने) प्लास्टिकसहित १५ ग्राम र प्लास्टिक बाहेक १३.३६ ग्राम (३६० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।

साथै, उनीहरूबाट दुई थान एन्ड्रोइड मोबाइल फोन र को ३५ प ९०६९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार