हल्दीबारी, असार ७ – हल्दीबारी अपाङ्गता स्वावलम्बन संस्थाको प्रथम ऐतिहासिक अधिवेशन तथा वार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाको पहिलो अधिवेशनबाट लालबहादुर कन्दङ्वा सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हरिमाया मिश्र, सचिवमा रामप्रसाद टुडु, कोषाध्यक्षमा दिलकुमार राजवंशी र सहसचिवमा तुलसा चौहान निर्वाचित भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यमा यादव खवास, पुष्पकला गिरी, खेमकुमार थामी, लेखबहादुर योङहाङ, दुर्गा शिवा र शिवानी दाहाल सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशन हल्दीबारी गाउँपालिका वडा नं. ४ स्थित सृजनशील आमा समूहको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले गर्नुभएको थियो।
तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाका सभापति रेमप्रसाद खरेलको संयोजकत्वमा, केदारप्रसाद उप्रेती र हरिकृष्ण अधिकारी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।