✍️ हल्दीबारी डट कम | कचनकवल, झापा । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६६ करोड १९ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार, उत्पादन, पर्यटन र रोजगारलाई विकास र समृद्धिको आधारका रूपमा प्राथमिकता दिइएको छ।

गाउँसभा अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष नवराज भट्टराईले बजेट प्रस्तुत गरे। “उत्पादन, रोजगार, पर्यटन र पूर्वाधार : कचनकवल विकास र समृद्धिको आधार” भन्ने मूल नारासहित यो नीति तथा कार्यक्रम अघि सारिएको हो।

🛣️ पूर्वाधार विकासमा ‘गौरवको वर्ष’

गाउँपालिकाले यो वर्षलाई ‘सडक पूर्वाधारको गौरवको वर्ष’ घोषणा गरेको छ।
गत वर्ष ४.५ किमी कालोपत्रे र २१ किमी ग्राभेल सडक सम्पन्न गरिसकेको गाउँपालिकाले
🔹 १३ वटा सडक आफ्नै बजेटमा कालोपत्रे गर्नेछ।
🔹 ४० किमी थप कालोपत्रे सडक, कल्भर्ट, नाली निर्माण, तथा सडक विस्तार संघ र प्रदेश सरकारसँगको सहकार्यमा गरिनेछ।

🏥 स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार

🔸 वडा नं. ६ मा निर्माणाधीन १५ शैयाको अस्पताल चालु वर्षमै सञ्चालन गर्ने लक्ष्य।
🔸 २५ सयभन्दा बढी विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा।
🔸 मानसिक स्वास्थ्य, आमा–शिशु स्वास्थ्य, पोषण तथा खोप कार्यक्रम सञ्चालन।

🎓 शिक्षामा सीप र प्रविधि

🔹 एक विद्यालय, एक सीप केन्द्र कार्यक्रम कार्यान्वयन।
🔹 विद्यालय नर्सिङ सेवा, किशोर–किशोरी परामर्श, पाठ्यपुस्तक उत्पादन, छात्रवृत्ति वितरण।
🔹 गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रविधियुक्त र व्यवहारिक कार्यक्रमहरूमा जोड।

🌱 कृषि तथा रोजगारी प्रवर्द्धन

🔸 साना किसानलाई बीउ, मल र यान्त्रिक उपकरण उपलब्ध गराइने।
🔸 सामूहिक खेतीलाई प्रोत्साहन।
🔸 प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक रोजगार परामर्श सेवा तथा सीप विकास विस्तार।

🏞️ पर्यटन : CAN मोडल अनुसार विकास

🔹 CAN (Culture, Adventure, Nature) मोडल अनुरूप
🔹 केचना, जमुना खोलो, र कचनकवल स्तम्भ क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्ने योजना।
🔹 स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यको प्रवर्द्धन गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य।

💻 सुशासन र प्रविधिमैत्री प्रशासन

🔸 GIS प्रविधि, मोबाइल एप, र ई–गभर्नेन्स प्रणाली विस्तार।
🔸 पारदर्शी, छरितो र जनमैत्री सेवा प्रवाह गर्ने प्रशासनिक प्रणाली विकासको प्रतिबद्धता।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार