झापा, कचनकवल । झापाको कचनकवल गाउँपालिका–६ मा धान रोप्ने क्रममा एक महिलाको निधन भएको छ। बिहीबार दिउँसो करिब २:३० बजेतिर ५५ वर्षीया बोलोसरी राजवंशीको खेतमै अचानक ढलेर ज्यान गएको हो।

स्थानियका अनुसार रोपाइँको काम गर्दै गर्दा एक्कासि खेतमै लडपड भएपछि बोलोसरीलाई उठाएर आलीमा ल्याइएको थियो। त्यसपछि तत्कालै बनियानी स्वास्थ्य केन्द्र लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकका देवर सन्तलाल राजवंशीका अनुसार ह्रदयघातका कारण ज्यान गएको हुन सक्ने आशंका गरिएको छ।

बोलोसरीका श्रीमानको पनि झन्डै १२ वर्षअघि ह्रदयघातकै कारण मृत्यु भएको थियो। मृतकको आज अन्त्येष्टि गरिएको सन्तलालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
5
+1
1
+1
2
+1
44
+1
5

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार