धनगढी । आइतबारदेखि लगातार परेको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका विभिन्न बस्तीहरू जलमग्न भएका छन् । डुबानमा फसेका आठ जनालाई आज प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीका अनुसार, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काबाट चारजना र बेली गाउँबाट चारजना गरी आठ जनाको उद्धार गरिएको हो ।

बेली गाउँका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनलाई परिवारसहित चार जनालाई नजिकैको आफन्तको घरमा सारिएको जोसीले जानकारी दिए । यस्तै, धनगढी–१३ श्रीलङ्कामा रहेका एकै परिवारका चार जनालाई उद्धार गरी सुरक्षित रूपमा नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।

सूचना अधिकारी जोसीले गएरातिदेखिको भारी वर्षाले धनगढी उपमहानगरपालिकाका झन्डै २,००० घरमा पानी पसेको जानकारी दिए । उनका अनुसार वडा नं. ३, ४, १३, १, ७ र ११ विशेष रूपले प्रभावित भएका छन् ।

स्थानीय प्रशासन, प्रहरी र स्वयंसेवकहरू उद्धार र राहत कार्यमा खटिएका छन् । मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने चेतावनी दिएकोले सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार