भद्रपुर, असार १७ — झापाको भद्रपुर नगरपालिका–३ आँपगाछीमा मंगलबार दिउँसो खेल्ने क्रममा पासो लागेर एक १२ वर्षीय बालकको ज्यान गएको छ।

स्थानीय पूर्णबहादुर मगरका छोरा प्रवेश मगर आफ्नै घर पछाडि लुगा सुकाउने बाँसको बलोमा झुन्ड्याइएको बाबियोको डोरीमा खेल्ने क्रममा अचानक घाँटीमा पासो लाग्दा गम्भीर घाइते भएका थिए।

परिवारका सदस्यले तत्कालै पासो खोली नजिकैको ओमसाई पाथिभरा अस्पताल पुर्‍याएका थिए। तर, उपचारको क्रममा दिउँसो ४:३० बजे बालकको निधन भएको भद्रपुर वडा प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थलमा प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।

यस घटनाले स्थानीयमा गहिरो पीडा र स्तब्धता छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
6
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार