बुद्धशान्ति, झापा | बुद्धशान्ति गाउँपालिका–३ स्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको छ। आम नागरिकको माग, सुझाव र हालको आवश्यकता अनुसार यो सेवा सुरु गरिएको गाउँपालिका स्रोतले जनाएको छ।

त्यसैगरी, अस्पतालमा श्रावण १ गतेदेखि २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ। गाउँपालिका, अस्पताल व्यवस्थापन समिति र सरोकारवालाको समन्वयमा यो सुविधा सुरु गर्न लागिएको हो।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंका अनुसार आवश्यक पूर्वाधार तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ। “हामी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन कटिबद्ध छौं,” अध्यक्ष प्रसाईंले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार