• राज कुमार कार्की
  • कोरोना भाइरस भन्छन यसलाई हजुर के हो यसको थर।
    को हुन यसका आमाबाबु काहो कुन्नि यसको घर।।
  • जसले गर्‍यो यसको न्वारान तिनै हुन आमाबाबु हेर।
    जहाँ जन्मि बाल्यकाल बितायो त्यहि हो यसको घर।l
  • कोरोना भाइरस भन्छन हजुर नपर्नु यसको भर।
    हामीलाइ भनि घरमै थुनि आफू सन्सार घुमिराछ।l
  • मानव मानवको आत्मियतालाइ यसले जोडिराछ।
    बिज्ञान भन्दा बलियोछु भनि यसले धावा बोलिराछ।l
  • के युवा के बालक के बृद्दा सबलाइ यसले दुस्ख दिराछ।
    तातोपानी बेसार गुर्जो खाइरनु सधै भन्छ सरकार।l
  • जताततै मान्छे मरेका मरै छन भन्ने सुन्छु भरखर ।
    साबुनपानीले बीस सेकेन्ड हात धोए मर्छ भन्छ यसलाई ।l
  • मर्ने नै होभने छ महिना सम्म के हेरेर बसेका छन तेसलाइ।
    स्कुल काहो कलेज काहो पढाई कहाँ हो थाहा नै छैन।l
  • टिकटक पब्जि नबनाइ कन समय हाम्रो गको हैन।
    टि भि हेर्यो फेसबुक हेर्यो जताततै कोरोनाको कहर।l
  • छ छ महिनासम्म हाम्लाइ घरमा बस्ने कहाँ थियो हजुर रहर।
    सरकार भन्छ लकडाउन छ घर घरमै बस्नुपर्छ ।l
  • रोगलागो भनि अस्पताल गए हजुर उतै मर्न्नु पर्छ।
    के गर्छन शरीरका अङ्गभङ्ग केहि थाहा नै छैन।l
  • भित्रभित्रै प्याकगरेर ल्याउछ्न कसैले हेर्न पाएको हैन।
    कता गए हजुर जोतिषी के तिनले यसको आयु देख्लान।l
  • सोचेका थिएउ हामिले बिज्ञानले यसलाइ छेक्लान।
    के गर्ने बिज्ञान आफै मर्यो बाच्निले त समबेदना लेख्लान।l
  • आफ्नै छोरी राडि भको नदेख्नेले के को आयु देख्लान।
    सरकार भन्छ सधै हात धुदै घर भित्र मात्र बस्ने।l
  • जनता भन्छ चिसो भो चुलो कहिले हो हाम्ले हात चुठ्ने।
    थलापरो हाम्रो अर्थतन्त्र अब कहिले होला उठ्ने।l
  • डब्लु एच ओ भन्छ कहिलै औषधि बन्दै बन्दैन।
    सत्य साचो केहो गाठि कुरो यसले कहिल्यै भन्दैन।l
  • चिनियाँ भाइरस होयो भन्छ अमेरिका मान्दै मान्दैन।
    चाइना फेरि के कम हजुर कसैलाइ गन्दै गन्दैन।l
  • अमेरिका भन्छ बुहानमै जन्मियो हुर्कियो त्यहीँ हो यसको घर।
    मानव अस्थित्व समाप्त हुदैछ किन यी दुई बार।l
  • खानु लाउनु मात्र जिन्दगी हैन भन्नु हुन्थ्यो बाले।
    यत्रो दिन भैसको अबता के खालान हाम्रा छोराछोरी।l
  • चल्दैछ जिन्दगी हजुर छत छत बाट मात्र हेराहेरी।
    भेटौला नि हजुर अर्को कवितामा फेरिफेरि ।l
  • धन्यवाद  – शब्द जाल बनाइ हजुर हजुरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार