हल्दिवारी गाउँपालिका वडा नम्बर १ साविक गोलधाप ३ का एक युवाको रोजगारीको सिलसिलामा साउदी अरव पुगेको हप्ता दिनमै निधन भएको छ ।

नेपाली काङ्ग्रेस गोलधापका अभिभावक होमनाथ भुर्तेलका कान्छी छोरीको जेठा छोरा बिजय रिमाल को साउदी पुगेको हप्ता दिन नबित्दै बिरामीको कारण निधन भएको काङ्ग्रेस जिल्ला सदस्य इन्द्र कार्कीले जानकारी दिनु भएको छ ।

उनी यही भदौ  १५ गते रोजगारीको लागि साउदी गएका थिए । उनको शव आज काठमाडौं आइपुगेको र राति १ बजे सम्ममा गोलधाप ल्याईपुराउने जानकारी प्राप्त भएको छ ।

परिवार जनका अनुसार भोलि १० बजे पवित्र कन्काई नदिमा उनको पार्थिक शरीरको अन्त्येष्टि गरिने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
3
+1
0
+1
3
+1
185
+1
10

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार