हल्दिबारी, ३२ जेठ। बिर्तामोड २ स्थित निदि माध्यमिक बिद्यालयमा मतदान मार्फत बिद्यालयको नेतृत्व चयन गरिएको छ ।

मतदान प्रक्रियामा सहभागी हुन ३९ जनाले उम्मेद्बारी दिएका थिए । कुल मतदाता ३ सय ९६ मध्ये २७ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । जसबाट स्कूल क्याप्टेनमा प्रसान्त राजबंशी र भाईस क्याप्टेनमा स्वस्तिका शर्मा निर्वाचित भएका छन् ।

यस्तै स्कूल सदन क्याप्टेन निलो तप्रियान्शु ढकालर्फ स्मारिका कुईकेल , हरियो तर्फ बिजय थापा र पुजा गौतम, पहेलो तर्फ समीक्षा बोहरा र दीक्षा शाह,रातो तर्फ रिगन खरेल र अभियान थापा सदन क्याप्टेन तथा भाईस क्याप्टेन निर्वाचित भएका फोकल पर्सन एंव निर्वाचन अधिकृत नवीन आचार्यले जानकारी दिनु भयो ।

बालबालिकाले प्रशासनिक तथा प्रक्रियाका कुरा ब्यबहारिक रुपमा सिक्न सकुन भन्ने उदेश्यले निर्वाचन मार्फत नेतृत्व चयन गराईएको प्रमुख निर्वाचन आयुक्त सरद घिमिरेले जानकारी दिनुभयो ।

बालबालिकाको सिकाईसहजिकरण तथा नेतृत्व बिकासमा सहयोग पुग्ने साथै विधि प्रक्रियाका विषयमा जानकारी लिन मद्दत पुग्ने भएकाले निर्वाचन गराईएको प्रधानाध्यापक भीष्म प्रसाईले बताउनु भयो ।

निर्वाचन अधिकृत एवं फोकल पर्सन आचार्यले नेतृत्व बिकास अन्तरगत निर्वाचन प्रक्रियाका बिषयमा जानकारी दिन सो कार्यक्रम गरिएको बताउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार