कुमरखोद । झापा गाउँपालिकाअन्तर्गतको हुलाकी राजमार्ग भत्किएको छ । झापा गाउँपालिका- २ सानो माईखोला नजिकै हुलाकी राजमार्गको आधाभन्दा बढी भाग वर्षातको पहिलो पानीले भत्किएको छ । पिच बनाउनको लागि तयारी अवस्थामा राखेको राजमार्ग भत्किएको हो ।

झापा गाउँपालिकाअन्तर्गत बनेको लगभग १० किलोमिटर हुलाकी राजमार्गमा अत्यधिक बालुवा प्रयोग गरिएको छ । वर्षातको पहिलो पानीले राजमार्ग भत्किन्छ भने पुरै वर्षात आउन बाँकी नै छ । त्यति वेलासम्म हुलाकी राजमार्ग रहन्छ कि रहँदैन भनी स्थानीयवासीले चासो लिएका छन् । वर्षातको पहिलो पानीले हुलाकी राजमार्ग भत्किन्छ भने कतिको गुणस्तरीय राजमार्ग बनेको छ भने सहजै अनुमान लगाउन सकिन्छ ।

हुलाकी राजमार्ग बनाउने ठेक्का पाएको मोतीदान कन्स्ट्रक्सनले झापा गाउँपालिकामा लगभग ९६ प्रतिशत पिचको कार्य सम्पन्न गरेको छ । मोतीदान कन्स्ट्रक्सनले राजगढदेखि रतुवा पुलसम्मको २८ किमी बाटो निर्माण गर्नका लागि ७५.५ करोडमा ठेक्का लिएको छ । हुलाकी राजमार्गले पूर्व–पश्चिम हुँदै तराईका २० जिल्लाहरू जोडेको छ । हुलाकी राजमार्गको लम्बाइ १७९२.४२ किमी रहेको छ । टाइम अफ प्रदेशबाट साभार

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार