विगत तीन महिना यता काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर देखिन थालेका छन् । यो क्रम साउन लागेपछि अझ बढेको पाइन्छ ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन । यसको अर्थ देशभर व्यवसायमा संकटमा परेको स्यंम व्यवसायीहरुले औल्याउन थालेका छन् ।

अहिले देशभरका व्यापारिक मुख्य बजारमा हरेक चोक र टोलका घर र सटरमा ‘टुलेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका पोस्टर भेटिन्छन । केहीमा भाडा रकमसमेत खुलाइएको हुन्छ । यसका मतलब देशमा व्यापार व्यवसायी महासंटकमा परेको प्रष्ट हुन्छ ।

देशभरमा मुख्य शहरमा आर्थिक मन्दीका धमाधम व्यवसायिक सटरहरु खाली हुन थालेका छन् । नयाँ आर्थिक वर्ष लागू भएपछि झन व्यापारिक सटरहरु बन्द हुने क्रम बढेको स्यंम व्यवसायीहरुले बताइरहेका छन् ।

कुनै समय थाम्नै नसक्ने गरी व्यापार हुने न्यूरोड, असन र महाबौद्ध र बसन्तपुर आसपाका मुख्य बजार क्षेत्रका सटरहरु आर्थिक मन्दीका कारण धमाधम बन्द भइरहेको छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको चर्को व्याजका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरुको आरोप छ ।

४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुले बाहिर लागेको छ । हाल नेपालमा ७–८ खर्ब रुपैयाँ पैसा मात्र भएका कारण देशमा आर्थिक मन्दी देखिएको मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईको आरोप छ ।

मारवाडी र बैंककै कारण देशको अर्थतन्त्र डुबेको छ । यसै कारण देशको अर्थतन्त्र नसुध्रिए पुससम्म देशभरका व्यापारिक केन्द्रका ५० प्रतिशत सटर खाली हुने प्रसाईको दाबी छ ।

देशको अर्थतन्त्र मारवाडी र बैंककै कारण ओरोलो लागेको उनले बताए । ‘मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका छन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द थालेका हुन् । यो त सुरुवात मात्र हो । हेदै जानु यसको अझ पर्न बाँकी छ ।’ उनले भने ‘मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली भएको हुन् । आर्थिकस्थीति यस्तै रहे पुस मसान्तसम्म देश भरका ६० प्रतिशत व्यापारिक सटर खाली हुन्छ ।’

उद्योग व्यवसाय पूर्ण रूपमा चल्न नसक्नु, रोजगारीका अवसर नहुँदा पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

देशको कुल निक्षेपको ७० प्रतिसतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको छ । चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेको प्रसाई बताउँछन् ।

५५ जना व्यापारिक घरानाले अर्बभन्दा बढी नीजि बैंकहरुमा कृषि कर्जाका नाममा अनुदान लिएको प्रमाण भएको प्रसाईको दाबी छ । यो विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको छु । तर, सम्बन्धीत पक्ष आँखा चिम्लिएर बसेको उनको आरोप छ ।

अनुदान पनि बैंक, व्यापारिक घराना र मारवाडीहरुले सेटिङमा दुरुपयोग गर्दा वास्तविक कृषकले अनुदान पाएका छैन । यो सबै राष्ट्र बैकको तथ्यांकमा रहेको प्रसाईको दाबी छ ।

बाध्यता भयो व्यापारी

एकातिर आर्थिक मन्दी अर्का तिर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजका कारण व्यवसायी छाडनुपर्ने बाध्यता भएको महाबौद्धमा होलसेल जुत्ता व्यापार गदै आएका दिपेन्द्र कार्कीले जानकारी दिए ।

सात प्रतिशतका दरले लिएको ऋण अहिले १७ प्रतिशतसम्म तिर्नुपर्ने बाध्यता भएकै कारण व्यवसायी छोडनुपर्ने अवस्था भएको उनको भनाइ छ । बैंकको चर्को व्याजका कारण ख्याति कमाएका व्यापारीसमेत धरासायी बन्दै छन ।

यस्तै, व्यापारीहरु धरासायी हुनुको मुख्य कारण आर्थिक मन्दी र बैंकको चर्को व्याज रहेको न्यूरोडमा कपडा पसल गदै आएका रामेछापमा विकास अधिकारी बताउँछन् ।

आर्थिक मन्दीबाट पार लाग्न राष्ट्र बैंकले अर्थ नीति बनाउनु पर्ने हो, तर यसमा सरकार र राष्ट्र बैंक नै जिम्मेवार नभएको उनको भनाइ छ ।

सबैभन्दा पहिला आर्थिक मन्दीका बेला सरकारले करका दरहरु बढाउनु भएन । अहिले सरकारले करका दायराहरु बढाएका कारण व्यापारमा अझ प्रभाव परेको उनले जानकारी दिए ।

घरधनीको भाडा वृद्धि, बैङ्कको चर्को ब्याजदर र व्यापार नहुँदा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेपछि सटर धमाधम बन्द हुन थालेको राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले जानकारी दिए । आर्थिक सङ्कट र बैंककै व्याजका कारण व्यापार व्यवसाय चल्न नसक्दा मुलुकभर ५० प्रतिशत सटर खाली हुन् लागेको उनको भनाइ छ ।

खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून हुँदा व्यवसायी विस्थापित भइरहेको उनी बताउँछन् । उनका अनुसार व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएको छ ।

पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रुपमा वृद्धि भएपछि व्यवसाय चलाउन नसक्दा व्यवसायीहरु पलायन हुने क्रम बढेसँगै शहरी क्षेत्रमा व्यवसायिक सटर तथा गोदामहरु धमाधम खालि हुन थालेका छन् ।

व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा पछिल्लो समय व्यवसायबाट पलायन हुने क्रम दिनप्रतिदिन बढ्दै छ । कोभिड–१९ को असरसँगै गत वर्ष देखा परेका रुस–युक्रेन युद्धका कारण मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार