उदयपुरको उदयपुरगढी गाउँपालिका-२ मदन भण्डारी राजमार्ग स्थितमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

हिजो बेलुका ८ बजे गाईघाटबाट कटारी तर्फ जादै गरेको प्र. २-०१-००३ प ९१११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार सर्लाहीका ४५ बर्षीय रमेश सुबेदीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाईकल चालक सप्तरीका ४५ बर्षीय उपेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको   छ । फाइल तस्वीर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार