सुनसरी। सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार स्थानिय बिक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा स्थानिय ३७ बर्षिय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रामधुनीको प्रहरीको टोलीले ५०० रुपैयाँ दरका ३५ वटा नोट सहित रोशन चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका चौधरीलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाएको उक्त कार्यालयले जनाएको कोशी प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार