काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिन्डर २३५ रुपैयाँले वृद्धि गरेको छ। निगमले शुक्रबारदेखि लागू हुनेगरी मूल्य बढाएको हो।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बढेको मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर अब एक हजार ८९५ रुपैयाँ कायम हुने छ। यसअघि एक हजार ६६० रुपैयाँ कायम थियो।

यस्तै निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टितेलमा ३ रुपैयाँले भाउ बढाइएको हो। पेट्रोल, डिजेल र मट्टितेलमा भने वर्ग अनुसार मूल्य फरक पर्ने छ।

निगमका अनुसार आइओसीबाट पेट्रोल र डिजलमा क्रमशः ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसा मूल्य बढेर आएको छ। यस्तै ग्यासमा १८६ रुपैयाँ मूल्य बढेर आएको हो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार