हल्दीबारी मीडिया
बिर्तामोड़ / चीनले भर्खरै प्रकाशित गरेको आफ्नो नक्सामा नेपाली भूमि चिनिया क्षेत्रमा देखाएको बिषयलाई लिएर चौतर्फी बिरोध भई रहेको छ सो नक्सामा नेपाली भूभाग हुम्ला, रसुवा र सिंधुपलांचौक जिल्लाको कतिपय क्षेत्रलाई चिनिया भूभागमा देखाए पछि चौतर्फी बिरोध सुरु भएको हो ।

नेपालको कतिपय क्षेत्र समेत नक्सामा समाबेश गरेको बिषयलाई लिएर नेपाल भूभाग संरक्षण मंच केन्द्रीय समितिका कार्यकारी अध्यक्ष डी के क्षेत्रीले हुमलाको भागदारे नदी क्षेत्रमा छ हैकटर र कर्णाली नदिको चार हेक्टर जमीन चीनले आफ्नो नक्सामा देखाएकोमा आपत्ति जनाएको छ ।

अध्यक्ष क्षेत्रीका अनुसार रसूवाको सांजेन नदी, भूर जंग नदी, जम्बू खोलाको छ हेक्टर जमीन तिब्बतको केरूंग क्षेत्रमा पारेको छ भने सिंधुपलांचौक जिल्लाखराने खोला र भोटे कोशी क्षेत्रको एधार हेक्टर जमीन तिब्बतको न्यालन क्षेत्रमा पारेको छ ।

गोरखाको रुई र तेघा गांऊ तिब्बत तिर पारेको भन्दै मंचचीन कोले नक्साको बिरोध गरेको छ संखुवासभा जिल्लाको समेत नौ हेक्टर भूमि चीन तिर पारेकोमा कामु खोला, अरुण खोला, सुमजंग खोला पनि अहिले चीनको तिंङगिस्यन काउन्टो क्षेत्रमा पारेको मंचको ठहर छ ।
य री हकाहाक्की चीनले नेपाली भूमिलाई आफ्नो भूमि बताई नक्सा जारी गरेकोमा नेपाल सरकार र राजनितिक दलले मौनता साध्नुले राष्ट्रिय खतरा निम्ताउने संकेत होइन र?

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार