हल्दिबारी, ३१ भदाै। आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । नेपाल चिकित्सक संघले हेटौडामा चिकित्सक कुटिएको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो ।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्द आन्दोलन थालेको हो । संघका अनुसार गत भदौं २७ गते डा विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको हो ।

संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार