३१ भाद्र मैतिदेवी,काठमाडौं/नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा हिजाे प्युठान काठमाडौं नेवा: समाजद्वारा प्रथम पटक रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।

प्युठान काठमाडौं नेवा: समाजका सचिव रामजी लाल श्रेष्ठबाट उद्घाेषण गरिएको साे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथिबाट बर्न हस्पिटलका डा. किरण नकर्मीलाई रक्त संकलन थैली हस्तान्तरण गरी गर्नुभएको उक्त कार्यक्रममा अतिथिहरू क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाज डाेटी जिल्ला शाखाका अध्यक्ष सुशील घर्ती,डाेटेली समाजका अध्यक्ष जगदीश के.सी.,नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका जनसम्पर्क अधिकृत राम श्रेष्ठ र प्युठान काठमाडौं नेवा: समाजका निवर्तमान अध्यक्ष लालचन प्रधान हुनुहुन्थ्यो ।

संस्थागत बिशेष सहयोग गर्नुहुने नेपाल स्वयंसेवी रक्तदाता समाज ३० नं. वडा नगरसमिति,युनाइटेड क्लब र नेपाल स्वयंसेवी रक्तदाता तारकेश्वर नगर समितिलाई धन्यवाद-पत्र प्रदान गरि धन्यवाद ब्यक्त गर्नुभएको छ ।

उक्त विशेष रक्तदान कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यलाई प्युठान काठमाडौं नेवा: समाजका अध्यक्ष रूद्रकुमार श्रेष्ठले सम्मान-पत्र प्रदान गरि मैतिदेवीकाे प्राङ्गणमा सार्वजनिक सम्मान गरिएको थियो । साथै प्युठान काठमाडौं नेवा: समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति श्रेष्ठले प्रमुख अतिथिलाई प्युठानकाे स्मरण हुनेगरि “प्युठानी बाघमुखे चुलेसी” विशेष प्रकारको मायाकाे चिनाे उपहार स्वरूप प्रदान गर्नुभएको थियोे ।

सहभागी स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथिले प्रमाण-पत्र बितरण गर्नुभएको थियोे । रामचन्द्र श्रेष्ठकाे संयाेजन रहेकाे साे बिशेष रक्तदान कार्यक्रममा महिला-पुरूष गरि जम्मा ६२ जनाले रक्तदान गर्नुभएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार