३१ भदौ २०८०

इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा अतिथि स्वागतका लागि अर्गानिक बस्तुको प्रयोग प्रयोजनलाई नै उच्च प्राथमिकता दिने गरिएको छ ।

सन्दकपुर गाउँपालिका वडा न. ३ मा रहेको माइ पोखरी देउराली सामुदायिक होमस्टेले मकैको खोयाको माला बनाएर आउने पर्यटकहरुलाई मकैको खोयाको मालाले स्वागत गर्दै पर्यटकलाई भित्र्याउने गरेका छन् ।

पर्यटकहरुलाई उक्त माला र अन्य अर्गानिक खानेकुरा सहित स्वागत गर्दै आइरहेकोे कोशी प्रदेश होम स्टे महासंघका कार्यबाहक अध्यक्ष लिला देवि भट्टराईले बताउनु भएको छ ।

भट्टराईका अनुसार मकैको धान चमरालाई पुष्प गुच्छाको रुपमा प्रयोग गरिने गरिएको छ । इलामको एक मात्र किवी फलको जोन रहेको क्षेत्रमा पाहुनाई होम स्टेमा बस्दा सवै भन्दा पहिले दिने ग्रीन टि पछि किवीको स्थानीय क्षेत्रमा बनेको रसबाट बनाइएको वाइन समेत दिने गरिएको छ ।

स्थानीय क्षेत्रको जडिबुटी लगाएर बनाइएको वाइन पाहुनाहरुले निक्कै ज्यादै रुचाएको माइ पोखरी होमस्टेका संचालक चुडामणी भट्टराईले बताउनु भएको छ ।

खेसुङ भनिने स्थानीय जडिबुटी लगाएर बनाइने वाइनको स्वाद समेत औधी राम्रो भएको झापा दमक बाट कार्याक्रममा सहभागी बन्नु भएका नेपाल टेलिभिजनका संवादाता दिकेस लामाले बताउनु भयो ।

भदौ ३० गते सँस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किरातीको प्रमुख आथित्यमा पर्यटनलाई पत्रकारितामा जोडेर ओझेलमा परेका क्षेत्रको उजागर गर्न प्रदेश स्तरीय मिडिया भेला गरिएको थियो । नेपालको संभवना बोेकेको पर्यटन र त्यसैसँग जोडेर गरिने पत्रकारिता विकासका लागि ३ हजार ६ सय १६ मिटरसम्म उचाइमा रहेको सन्दकपुरमा कार्याक्रमको आयोजना गरिएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार