इटहरीमा साढे गोरुको मृत्यु पछि हिन्दु परम्परा अनुसार मलामी सहित दाहसंस्कार गरिएको छ । केहि समय अगाडि इटहरी १२ खनारमा दुर्घटनामा घाइते भएका साढे गोरुको दाहसंस्कार गरिएको हो ।
एक महिना अघि दुहवीका किसनलाल अग्रवालको पिकअप भ्यानले ठक्कर दिएर घाइते बनाएको साढे गोरुको उपचारमा लाग्ने सवै खर्च गाडि धनी अग्रवाललेनै व्यहोर्दै आएको थियो ।
खनारका स्थानिय वासिन्दा र जनप्रतिनिधिले मिलेर साढेको रेखदेख गर्दै आएको थियो । गाडिको ठक्करवाट कम्मर भाचिएको साढेको उपचारमा इटहरी उपमहानगरपालिकाको पशुचिकित्सक खटिएका थिए । उपचारकै क्रममा साढेको मृत्यु भएको हो । मृत साढेलाइ खनार स्थित वुढि खोलामा खाल्टो खनेर पुरिएको छ ।
हिन्दु धर्मको मृत्यु शस्कांर अनुसार अनत्यष्टि गरिएको साढेको मलामिमा स्थानिय वासिन्दा र जनप्रनतिनिधिहरुको सहभागिता रहेको थियो ।मृत्यु भएको मानव मात्र हैन हरेक प्राणिले ज्यान गुमाएपछि कम्तिमा उसको शवको सम्मान पनी होस भनेर यस्तो गरेको इटहरी १२ खनारका वडा अध्यक्ष भुवनराज पोखरेल बताउछन् । फाइल तस्विर
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
6
+1
1
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार