इलाम, १ असोज । इलामको रोङ गाउँपालिका ३ कुटिडाँडा छेउमा आज साँझ कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

झापातर्फ फर्कदै गरेको बी.ए.ए. १६९२ नं को कार हिलउड रिसोर्ट छेउको गोलाईमा अनियन्त्रित भई करिव ३ सय मिटर तल झरेको हर्कटे प्रहरी चौकीले जनाएको छ ।

दुर्घटनामा झापा शिवसताक्षी नगरपालिका वडा नं ११ का ३५ वर्षिय मनोज राई , विराटनगर महानगरपालिका वडा नं ७ का ५२ वर्षिय सचिन पोखरेल , सोही ठाउँका २४ वर्षिय अर्जुन महरा , ५७ वर्षिय राजकुमार पौडेल घाइते भएको प्रहरीले जनाएको छ । एकजना घाइतेको नाम खुल्न सकेको छैन । घाइतेहरुलाई उद्धार गरी बीएण्डसी मेडिकल कलेज बिर्तामोड पठाएको प्रहरीले जनाएको छ । फाइल तस्विर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
1
+1
1
+1
12
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार