हल्दिबारी, ४ असोज । हल्दिबारी गाउँपालिकाले भारत सरकारको सहयोगबाट प्राप्त एम्वुलेन्स आजबाट २४ सै घण्टा सवेवा दिन सुरु गरेको जनाएको छ । गाउँपालिकाले एम्वुलेन्स संचालन कार्यविधि बनाएर सर्व सुलभ रुपमा एम्वुलेन्स सेवा सुरु गरेको पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले बताउनु भयो ।

कार्यविधि अनुसार गाउँपालिका भित्र वसोवास गर्ने गर्भवती महिलाहरु प्रसुतिसेवाको लागि आकश्मीक रुपमा पालिका भित्र रहेको जलथल ब्रथिङ्ग सेन्टरमा जादा–फर्कदा निशुल्क रुपमा एम्वुलेन्स सेवा पाउँने छन् । त्यसै गरि गर्भवती जाँच प्रोटोकल अनुसार पूरा गरेको कार्डको आधारमा प्रसुती सेवाको लागि जिल्ला भित्रका अस्पताल र स्वास्थ्य संस्था जादा तोकिएको शुल्कमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । त्यस्तै मृगौला रोगको कारण डायलाइसिस गरिरहेका बिपन्न नागरिकका लागि महिनामा एक पटक सम्म सम्बन्धित वडाको सिफारिसमा जिल्ला भित्र निशुल्क सेवा प्राप्त गर्ने छन ।

त्यसैगरि क्यान्सर रोगको उपचाररत बिपन्न नागरिकको लागि बर्षमा दुई पटक सम्म जिल्ला भित्र निशुल्क सेवा पाउँने छन् । त्यस्तै ८० बर्ष उमेर पूरा भएका हल्दिबारीबासी नागरिकलाई गाउँपालिका भित्रको अस्पताल वा स्वास्थ्य सस्था सम्मका लागि एकतर्फी निशुल्क सेवा साथै जिल्ला बाहिर सरकारी अस्पताल लैजानु परेमा एकतर्फी भाडामा ५०% छुट को ब्यवस्था गरेको छ ।

अन्यको हकमा सेवा शुल्क सम्बन्धी ब्यवस्था
गाउँपालिका क्षेत्र भित्रका अस्पताल वा स्वास्थ्य सस्थाको लागि एकतर्फी रु।५०० शुल्क तोकिएको छ भने झापा जिल्ला र बाहिरी जिल्लाका लागि प्रती किमि रु. २५ रुपैया सेवा शुल्क तोकिएको गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत मानबहादुर बन (महेन्द्र) ले बताउनु भयो । हल्दिबारी गाउँपालिकामा एम्वुलेन्स त्याउन गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीकाे महत्वपुर्ण योगदान रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार