सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि देशभरका विद्यालयहरु प्रभावित बनेका छन् ।

देशभरका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएका छन् । शिक्षकहरू आन्दोलनमा गएपछि हल्दिबारीका विद्यालय बन्द भएका छन् । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि पालिकाका सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएको हो । आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले पनि कक्षा बहिस्कार गरेपछि सामुदायिक विद्यालयको पठन पाठन हुन सकेको छैन। येसै सन्दर्भमा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले हस्ताक्षर गरेर विज्ञप्ती सार्वजनिक गर्दै कानूनविपरित विद्यालय बन्द नगर्न शिक्षकहरुलाई चेतावनी दिएको छन।

शिक्षकहरु विद्यालय बन्द गरेर काठमाडौ केन्द्रित आन्दोलनमा संलग्न रहेका बेला हल्दिवारी गाउँपालिकाका अध्यक्ष लिङ्देनले एक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो चेतावनी दिएका हुन् ।

विधेयक २०८० ले समस्त नेपालका शिक्षकहरूको ट्रेड युनियन अधिकार साथै शिक्षकको पेशागत सुरक्षामा आँच पुग्ने गरी उल्लेखित विधेयकको विरुद्धमा नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको आव्हानमा राष्ट्रव्यापी आन्दोलनको घोषणा भइ शिक्षकहरु आन्दोलनरत रहेका छन।

काठमाण्डौं केन्द्रित आन्दोलन २०८० जारी रहेका वखत दशकौ देखि प्रताडित हल्दिवारीका शिक्षकहरू पनि आन्दोलित भएको अवस्थामा मिति २०८० असोज ४ गते हल्दिवारी गाउँपालिकावाट विज्ञप्ती प्रकाशित भएकोमा नेपाल शिक्षक महासंघ हल्दिवारीको ध्यान आकर्षण भएको विज्ञप्ति मार्फत महासंघले जानकारी दिएको छ ।

राष्ट्रिय रूपमा चरम उत्कर्षमा कालो विधेयकको विरोधमा शिक्षकको पेशागत अधिकार कुठीत गर्ने विधेयक नसच्चिए सम्म हल्दिवारी भित्रका सम्पूर्ण सामूदायिक विद्यालयहरू ठप्प हुनेगरी वन्द हुने गरी आन्दोलनको सहभागितालाई निरन्तरता दिनुहुन प्रधानाध्यापक तथा शिक्षकमा हल्दिबारी महासंघले अपिल गरेको छ ।

आन्दोलन अवधिभर विद्यालय वन्द हुदा पर्न जाने शैक्षिक क्षति समयानुकुल पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको देखिन्छ । सबै पक्षसँग सामुदायिक विद्यालयहरु वन्द गरी सहयोग गरी दिनहुन अनुरोध गर्दै शिक्षक महासंघ हल्दिबारी का अध्यक्ष मदन पोखरेल र सचिव बोधकृष्ण पौडेलले हस्ताक्षर गरेर विज्ञप्ति जारी गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
1
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार