दमक । झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउत बिहीबार अपराह्न एक होटलमा मृत फेला परेको घटनामा अनुसन्धान गर्न प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार प्रहरीले राति साढे ९ बजे ती महिलालाई नियन्त्रणमा लिएको हो । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् । प्रहरीले महिलाका विषयमा थप केही खुलाएको छैन । ३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर थिए । उनी सधैँ कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत थिएनन् ।

त्यसपछि आन्तरिक रुपमा खोजी भइरहेको थियो । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेसन ट्र्याक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूर्ण होटल एन्ड लजको तेस्रो तलामा पुगेको थियो । त्यहाँ उनी बन्द कोठाभित्र फेन झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

मृतकले आत्महत्या गर्नुअघि ‘सु–साइड नोट’ समेत लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामाले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
1
+1
9
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार