बनियानी, ५ असोज । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत लक्ष्मि क्याम्पस बनियानीमा यहि असोज १३ गते स्वास्थ्य महोत्सव हुने भएको छ ।

नेकपा माओवादी केन्द्र कचनकवल गाउँसमितिको आयोजना तथा ओमसाई पाथिभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा स्वास्थ्य महोत्सवको आयोजना गरिएको नेकपा माओवादी केन्द्रको नेता हिकमत घिमिरेले बताउनु भएको छ ।

उक्त महोत्सवमा ओमसाई पाथिभरा हस्पिटलका वरिष्ठ डाक्टरहरु ससि सिंह, देवानन्द, अमर कपुरी, श्रवण राउत, जयकुमार ठाकुर, एलिजा गौतम, निरज रौनियार, कुन्दन यादव, सुवास बस्नेत, प्रविण तिम्सीना र प्रियंका यादवले विरामिहरुको चेकजाँच गर्ने कार्यतालिका रहेको घिमिरेले बताउँनु भयो ।

त्यस्तै मेची आँखा अस्पतालको प्रविधिक सहयोगमा आँखा रोगको प्ररिक्षण तथा मोतिया विन्दुको अप्रेसन समेत निशुल्क हुने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार