भद्रपुर । भद्रपुर ८ स्थित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपानेको अध्यक्षता तथा सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान गर्दै विविध गतिविधि सहित सभा सम्पन्न गरिएको हो । अध्यक्ष न्यौपानेले वार्षिक गतिविधि प्रस्तुत गर्दै सहकारीमा महिला २०६ तथा पुरूष २०५ गरी ४११ जना शेयरधनी र ५ करोड ३९ लाख ९९ हजार ३११ रूपैया कुल पूँजी विवरण पेश गरेका थिए ।

उपाध्यक्ष धनकुमारी खरेल लताले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट कारोवार सम्मानबाट सुस्मा निरौला दाहाल बचत तथा जानुका तोलाङ्गी कर्जा कारोवार सम्मानबाट सम्मानित भएका थिए । त्यसैगरी उत्कृष्ट सन्तति पुरस्कार सरकारी विद्यालय तर्फ सिर्जन सापकोटा र निजी विद्यालयतर्फ प्रसिद्धि निरौलालाई नगद सहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट शेयर सदस्य सम्मानबाट भिम दाहाल र जयकुमार प्रसाईलाई पनि सम्मान गरिएको थियो भने शेयर सदस्य सन्ततिले विद्यावारिधि गरेको भन्दै डा. अर्चना न्यौपाने तिम्सेना र डा. पवन श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षण सेवाबाट अवकास प्राप्त ७ जना शिक्षक शिक्षिकालाई पनि सम्मान सहित बिदाई गरिएको थियो ।

सचिव डिल्लिराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, सहकारीका सल्लाहकार संयोजक गोकुलराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार